janayatra

सर्लाहीका उखु किसानहरु आन्दोलित।

Author जनयात्रा आइतबार, ०१ पुस २०८०

views
सर्लाहीका उखु किसानहरु आन्दोलित।

नेपालगतवर्ष बेचेको उखुको अनुदान रकम र यस वर्षको उखुको मूल्य तत्काल कायम गर्नुपर्ने माग गर्दै सर्लाहीका किसानहरुले शनिबार दिउँसो विरोध प्रदर्शन गरेका छन्। हरिवनको कृष्ण चोकबाट सुरु भएको किसानहरुको जुलुस इन्दुशंकर चिनी उद्योगको सामुन्ने पुगेर पुनः कृष्ण चोकमै आइ विरोध सभामा परिणत भएको थियो । यस सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल ७ सय ५० रुपैयाँ कायम हुनुपर्ने किसानको माग छ । यस्तै गत वर्ष सरकाले दिनुपर्ने ७० रुपैयाँ अनुदान रकम मध्ये अहिलेसम्म २१ रुपैयाँ मात्रै प्राप्त भएकाले बाँकी ४९ रुपैयाँ यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलनमा उत्रेको बताएका छन् । नेपाल उखु उत्पादक महासंघ, मिलगेट उखु उत्पादक समिति र किसान हकहित संरक्षण समितिको संयुक्त आयोजनामा विरोध प्रदर्शन भइरहेको छ 

© 2026 janayatra.com All rights reserved. | Design by OWC