janayatra

अभियन्ता ईः को ललितपुरमा १०८ घण्टा उभिएर आन्दोलन गर्ने चेतावनि।

Author जनयात्रा मङ्गलबार, २६ मंसिर २०८०

views
अभियन्ता ईः को ललितपुरमा १०८ घण्टा उभिएर आन्दोलन गर्ने चेतावनि।

नेपालकाठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर बिरोध प्रदर्शन गरेका अभियन्ता ईःले ललितपुरमा पनि १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्ने भएका छन्।ललितपुर महानगरपालिकाले मंगलबजार देखि लगनखेल सम्मको फुटपाथमा व्यापार गर्न निषेध गरेपछि अभियन्ता ईःले विरोध गर्ने भएका छन्।सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिंदै ईःले मंगलबार दिउँसो ३ बजेबाट पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय अगाडि उभिएर विरोध गर्ने बताएका हुन।ईःले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर फुटपाथ व्यवसायीहरुलाई उचित स्थानमा व्यवस्थापन गर्न पहल गरिरहेका छन्।

© 2026 janayatra.com All rights reserved. | Design by OWC