janayatra

युद्धविराम सकिएपछि गाजामा इजरेलको ठूला सैन्य हमला।

Author जनयात्रा सोमबार, १८ मंसिर २०८०

views

नेपालअस्थायी युद्धविरामको अन्त्य भएयता इजरेलले गाजा ब्यापक सैन्य हमला गरेको छ।इजरेलले गाजामा चारसय भन्दा धेरै स्थानमा हमला गरेको जनाएको छ।इजरेली सैन्य कारबाही गाजा क्षेत्रको दक्षिणमा केन्द्रीत गरेको छ। गाजाका स्थानियबासीहरु अक्टोबर ७ मा युद्ध सुरु भएयताकै सबै भन्दा ठुला हमला इजरेलले गरेको बनाउछन्।राष्ट्रसङ्घीय अधिकारी र गाजाका मानिसहरूले इन्टरनेटको सीमित उपलब्धता र विद्युत् अभावका कारण भनिए जसरी बसिरहेका ठाउँ छाड्न कठिन हुने बताएका छन्। इजरेल हमासका केही नेताहरू गाजामै रहेको र उत्तरी क्षेत्र छाडेर उनीहरू धेरै सर्वसाधरणहरू भएकै ठाउँमा बसिरहेको भन्दै सैन्य हमला गरी राखेको छ।सङ्घर्षबिराम सकिएयता कम्तीमा २४० जना मानिसहरू मारिएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले बताएका छन्। इजरेल र हमास बिचको लडाइले गर्दा हाल सम्म १,२०० इजरेलीहरुको ज्यान गएको थियो भने १५,२०० जनाभन्दा बढी गाजा बासीहरु मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC