janayatra

नक्कली भुटानी प्रकरणमा थुनामा रहेका खाँणलाई कांग्रेसको सम्मान।

Author जनयात्रा आइतबार, १७ मंसिर २०८०

views
नक्कली भुटानी प्रकरणमा थुनामा रहेका खाँणलाई कांग्रेसको सम्मान।

नेपालपुर्वगृहमन्त्री बालकृष्ण खाँण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका बेचेको प्रकरणमा पुर्पक्षका लागि यति बेला थुनामा छन्।उनलाई नेपाली कांग्रेसले पार्टी बाट निलम्बन समेत नगरेको यतिवेला उनलाई सम्मान गर्न थालेको छ।कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रदेश सम्मेलनमा शनिबार बुटबलमा सुरु भएको छ जहाँ खाँणलाई सम्मान गरिएको छ।सम्मानपत्र लिन बालकृष्णका भाइ रामकृष्ण मञ्चमा गएका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाले खाँणलाई सम्मानपत्र प्रदान गरे भने केन्द्रीय सदस्य शेखर कोइरालाले रामकृष्ण खाँणलाई खादा ओढाए।कार्यक्रमको मञ्चमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर पनि थिए । 

© 2026 janayatra.com All rights reserved. | Design by OWC