janayatra

४० हजार बढी नागरिक जाजरकोट र रुकुमपश्चिममा चिसोको उच्च जोखिममा।

Author जनयात्रा शनिबार, १६ मंसिर २०८०

views

नेपालकात्तिक १७ गते गएको भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका घरवारविहीन पिडित सर्वसाधारण सँग राम्रो ओढ्नेओछ्याउने नहुँदा चिसोबाट ज्यान जोगाउन मुश्किल भएको छ। चिसोको कारण सिङ्गो पिडितहरु बिरामी पर्न थालेका छन्। नाममात्रका त्रिपालले चिसो थेग्न सकेको छैन। पिडितहरुलाई राम्रो टेन्ट र न्यानो कपडाहरुको आवश्यक्ता परेको छ।एउटै पालमुनि ४/५ जनाको परिवार बसिरहेको छ पानि पर्यो भने झनै बिजोग हुने देखिन्छ।भुकम्प पिडितलाई जोगाउन सरकारले राज्यको साधन स्रोत र जनशक्ति परीचालन गरेर तत्काल अस्थायी टहरा बनाइदिनु पर्ने थियो तर सरकार मौन जस्तै छ। अधिकारीहरुका अनुसार जिल्लामा करिब ३४ हजार घरधुरी प्रभावित भएकोमा २२ हजारले पहिलो चरणमा राहत पाएका छन् भने करिब १२ हजार घरधुरीको अवस्था अहिले पनि निकै कष्टकर बनेको छ।चिसोले गर्दा महिला, बालबालिका, अशक्त र ज्येष्ठ नागरिक गम्भीर संकटमा छन्। राम्रो खाना र सुरक्षित आवास नपाए उनीहरू निमोनिया र अरू रोगको पनि शिकार हुनपुग्ने जोखिम उच्च छ ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमका ४० हजार बढी नागरिक चिसोको उच्च जोखिममा छन्। गर्भवती, सुत्केरी, पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी र अपाङ्गता भएका व्यक्तिहरू गरेर ४० हजार ३०३ जना चिसोको उच्च जोखिममा छन् ।तीमध्ये पाँच वर्षमुनिका बालबालिका मात्रै २० हजार ७९३ जना छन् भने २ हजार ५०७ जना सुत्केरी र ३ हजार ४५२ गर्भवती त्रिपालमुनि बस्दै आएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ। ११ हजार २०६ जना ज्येष्ठ नागरिक, २ हजार ८५८ जना दीर्घ रोगी र १ हजार ८३५ जना अपाङ्गता भएका व्यक्तिहरू जोखिममा छन् । जोखिममा रहेका नागरिकमध्ये बालबालिका सबैभन्दा धेरै छन् ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC