janayatra

१०० वर्षको उमेरमा अमेरिकी पूर्वविदेशमन्त्री हेनरीको निधन।

Author जनयात्रा शुक्रबार, १५ मंसिर २०८०

views
१०० वर्षको उमेरमा अमेरिकी पूर्वविदेशमन्त्री हेनरीको निधन।

नेपालअमेरिकाका भूतपूर्व विदेशमन्त्री हेनरी किसिन्जरको १०० वर्षको उमेरमा आज निधन भएको छ। किसिन्जर असोसिएट्सले एउटा विज्ञप्तिमा हेनरी किसिन्जरको आफ्नै घरमा मृत्यु भएको जनाएको हो। निक्सन र फोर्ड प्रशासनको समयमा शीर्ष कूटनीतिज्ञ र राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा हेनरीले काम गरेका थिए। किसिन्जर सन् १९२३ मा जर्मनीमा एक यहुदी परिवारमा जन्मिएका हुन। नाजीहरूबाट बच्न किसिन्जरको परिवार सन् १९३८ मा आप्रवासीका रूपमा अमेरिका पुगेको थियो।उनी सन् १९४३ मा अमेरिकी नागरिक बनेका थिए। सन् १९६९ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले किसिन्जरलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए। सन् १९७५ डिसेम्बरमा अमेरिकी राष्ट्रपति जेराल्ड फोर्डले विदेशमन्त्री हेनरी किसिन्जर सहित चीन भ्रमण गरेका थिए। अमेरिका र चीनबीच सम्बन्ध चिसिएको र दुवै देशले सम्बन्ध सुधार गर्न खोजिरहेका बेला गत जुलाईमा उनले बेइजिङ भ्रमण गरेका थिए। उनको भ्रमणलाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक चर्चा भएको थियो। उनलाई चिनियाँ राष्ट्रपति सी जिन्पिङले न्यानो स्वागत गरेका थिए।उनले १०० पटकभन्दा बढी चीनको भ्रमण गरेका थिए। उनलाई "चीनका मित्र" पनि भनिन्थ्यो। सन् १९७३ मा अमेरिकी विदेशमन्त्री रहेका किसिन्जरले त्यस वर्ष नोबेल शान्ति पुरस्कार पाएका थिए। किसिन्जरलाई उत्तर भियतनामी नेता ले डक थोसँगै भियतनाम युद्धमा युद्धविराम गराउन भूमिका खेलेको भनेर पुरस्कृत गरिएको थियो। किसिन्जरको नेपालका राजा महेन्द्र र राजा वीरेन्द्रसँग राम्रो सम्बन्ध थियो। उनी सन् १९८५ मा नेपाल भ्रमणमा आएका थिए।अमेरिकाबाहिर जन्मेर अमेरीकाको महत्वपुर्ण पद सम्हाल्ने किसिन्जर प्रथम व्यक्ति हुन्।

© 2026 janayatra.com All rights reserved. | Design by OWC