janayatra

भुकम्पपीडित जाजरकोट र रुकुम पश्चिममा चिसोले ज्यान गुमाउने १५ पुगे।

Author जनयात्रा बुधबार, १३ मंसिर २०८०

views
भुकम्पपीडित जाजरकोट र रुकुम पश्चिममा चिसोले ज्यान गुमाउने १५ पुगे।

नेपाल–जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पका पिडीत मध्य चिसोले गर्दा थप दुई जनाको ज्यान गएको छ। चिसोले मृत्यु हुनेमा नलगाड नगरपालिका– ८ सिमकी २५ वर्षीया सुत्केरी शर्मिला विक चदाराको शनिबार र  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको आइतबार मृत्यु भएको जानकारी प्राप्त भएको छ।हाल सम्म चिसोले ज्यान गुमाउने पीडितको संख्या १५ पुगेको छ। १७ कात्तिकको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ६२ हजार घर भत्कीएपछि यहाँका बासिन्दा घरबाहिर अस्थायी त्रिपालमुनि बस्दै आएका छन् । मंसिरको चिसो त्रिपालले थेग्न नसकेपछि भूकम्पपीडित बिरामी पर्न थालेका हुन। दुई जिल्लामा अहिलेसम्म १५ जनाले ज्यान नै गुमाएका छन् । जाजरकोटमा १२ र रुकुम पश्चिममा तीनजनाले ज्यान गुमाएका हुन् । चिसोका कारण थुप्रै पिडितहरु बिरामी परेका छन्।

© 2026 janayatra.com All rights reserved. | Design by OWC