janayatra

सामाजिक सञ्जाल टिकटकलाई सरकारले नियमन गर्दै।

Author जनयात्रा मङ्गलबार, २१ कात्तिक २०८०

views
सामाजिक सञ्जाल टिकटकलाई सरकारले नियमन गर्दै।

नेपालनेपाल सरकारले समाजिक सञ्जाल टिकटकबाट हुने अवाञ्छित गतिविधि रोक्नउक्त कम्पनीका प्रतिनिधिहरूसँग छलफल र सहमति गरेको जनाएको छ।गृह मन्त्रालयले जारी गरेको एउटा वक्तव्यमा गत शुक्रवार टिकटकबाट हुने गलत कार्यलाई नियन्त्रण गर्ने विषयमा टिकटकका प्रतिनिधिसँग छलफल भएको जानकारी दिइएको छ।सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वत: हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय सिङ्गापुरबीच सहकार्य बढाउने उद्देश्यलेउक्त छलफल भएको जनाइएको छ।यो कदमले सामाजिक सञ्जाल टिकटकबाट हुने गलत कार्य तथा सामाजिक सद्भाव भड्काउने गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अधिकारीहरूले बताएका छन्।तर अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले सरकारले सरोकारवालासँग छलफल नगरी उक्त कार्य अघि बढाएकोभन्दै आपत्ति जनाएका छन्।नेपालमा टिकटक अत्यधिक प्रयोग हुने सामाजिक सञ्जाल मध्येमा पर्छ।चिनियाँ लगानीको उक्त एपले प्रयोगकर्ताका गोप्य सूचनाहरू चीन सरकारसम्म पुर्‍याउने आरोप लगाउँदै कतिपय पश्चिमा देशहरू र भारतले समेत प्रतिबन्ध लगाएका छन्।तर टिकटकले भने त्यस्ता आरोपलाई निराधार भनी खण्डन गर्दै आएको छ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC