janayatra

युएईलाई हराउदै नेपाल ट्वान्टी-२० विश्वकप छनोटमा।

Author जनयात्रा शनिबार, १८ कात्तिक २०८०

views
युएईलाई हराउदै नेपाल ट्वान्टी-२० विश्वकप छनोटमा।

नेपालकाठमाडौँ मुलपानिमा भएको खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलि ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ।ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेलमा शुक्रबार युएइलाई ८ विकेटले हराउदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो।१ सय ३५ रनको विजय लक्ष्य नेपालले १७ ओभरमै पूरा गरेको थियो।उक्त लक्ष्यमा पुग्न आसिफ अविजित ६३ बनाउँदै नेपाललाई जिताउन महत्त्वपूर्ण भुमिका खेलेका थिय। आसिफले ३९ बलमै आफ्नो चौथो अर्धशतक पूरा गरे। उनले कुल ५० बल खेली ६ चौका र २ छक्का प्रहार गरे।कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए।उनले २१ बल खेली ३ चौका र १ छक्का प्रहार गरे।कीर्तिपुरमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरि नेपालसँगैं विश्वकपमा पुगेको हो।१ सय ७ रनको लक्ष्य ओमानले १४.१ ओभरमै पुरा गरेको थियो।आइतबार ११ बजे ओमान र नेपाल बिच कीर्तिपुर टियु मैदानमा उपाधिका लागि फाइनल खेल हुनेछ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC