janayatra

पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने।

Author जनयात्रा मङ्गलबार, १४ कात्तिक २०८०

views
पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने।

नेपालपहाडी र हिमाली क्षेत्रका मौसम बदली सहित हल्का वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ भने देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।साथै उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।बुधबार र बिहीबार पनि देशभर आंशिक बदली भई केही ठाउँमा वर्षा र हिमपातको हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC