janayatra

इजरायलको गाजा माथि तिब्र बम्वारी।

Author जनयात्रा सोमबार, १३ कात्तिक २०८०

views
इजरायलको गाजा माथि तिब्र बम्वारी।

नेपालगाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू उल्लेख गरेकाछन्।अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको बताएको छ।इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन्।सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ।इजरायलले गाजाको अस्पताल समेत आक्रमण गरीराखेको छ।अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ।गाजामाथिको तिब्र बम्वारी इजरेलले जारी राखेको छ भने राहत वितरणमा समेत अवरोध गरी राखेको छ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC