janayatra

नेपालमा बैदेशिक लगानी कबुल गर्नेमा चिन पहीलो स्थानमा।

Author जनयात्रा बिहिबार, १८ असोज २०८०

views
नेपालमा बैदेशिक लगानी कबुल गर्नेमा चिन पहीलो स्थानमा।

नेपालनेपालमा बैदेशिक लगानि गर्नेमा चिन सबै भन्दा पहिलो स्थानमा देखिएको छ।उद्योग बिभागको आँकडा अनुसार लगानी प्रतिबद्धताहरूको आधारमा चीन अगाडि भएको देखाउछ।दर्ता गरिएका उद्योग र वैदेशिक लगानी प्रतिबद्धताका हिसाबले चिनियाँहरू अगाडि देखिएका हुन।वैदेशिक लगानी स्वीकृत हुन थालेदेखि हालसम्मको विवरणमा उल्लेख भए अनुसार चीनबाट नेपालमा कुल २ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको देखिन्छ।विभागको विवरण अनुसार हालसम्म भारतबाट कुल १ खर्ब ५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।भारतीयहरूले ८३० वटा उद्योगमा लगानीको प्रतिबद्धता जनाएका छन्।बिभागको विवरण अनुसार नेपालमा हालसम्म ९९ वटा देशबाट ४५ खर्ब ४४ अर्ब बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको देखाएको छ। लगानी प्रतिबद्धतामध्ये चीनबाट ४५ प्रतिशत आएको छ भने भारतको २३ प्रतिशत छ।हङ्कङबाट ५ प्रतिशत, अमेरिकाबाट ४ प्रतिशत तथा यूके र कोरियाबाट तीन/तीन प्रतिशत वैदेशिक लगानीको प्रतिबद्धता आएको छ।त्यस्तै ब्रिटिश भर्जिन आइल्यान्ड, सिङ्गापुर र स्पेनबाट दुई/दुई प्रतिशत वैदेशिक लगानी आएको विवरणमा देखिन्छ भने यूएईबाट कुल वैदेशिक लगानीको एक प्रतिशत प्रतिबद्धता आएको छ।नाम नदिईकन विवरणमा अन्य भनेर समावेश गरेको समूहका देशहरूबाट कुल लगानीको ९ प्रतिशत प्रतिबद्धता आएको देखिन्छ।तर यसरी आउने प्रतिबद्धतामध्ये केहीले मात्र लगानी गर्ने गरेको अधिकारीहरू बताउँछन्।

© 2026 janayatra.com All rights reserved. | Design by OWC