janayatra

बझाङ केन्द्रबिन्दु बनाएर गएको भुकम्प ६.३ म्याग्निट्यूडको।

Author जनयात्रा बुधबार, १७ असोज २०८०

views
बझाङ केन्द्रबिन्दु बनाएर गएको भुकम्प ६.३ म्याग्निट्यूडको।

नेपालबझाङको चैनपुर केन्द्रबिन्दु भएर मङ्गलवार अपराह्ण गएको ६.३ म्याग्निट्यूडको भूकम्पले कम्तीमा १२ जना घाइते हुनुका साथै कैयौँ घर तथा कार्यालय भवनहरू भत्किएको अधिकारीहरूले बताएका छन्।बझाङमा त्यसअघि ५.३ म्याग्निट्यूडको भूकम्प गएको थियो भने त्यसपछि पनि परकम्पहरू गइरहेका विवरण आएका छन्।बझाङको छिमेकी जिल्ला बैतडीमा पनि केही मानिसहरू घाइते भएको प्रहरीले जनाएको छ।घाइतेमध्ये एक जनाको खुट्टा भाँचिएको र अधिकांश घाइतेहरू विद्यार्थी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।उनीहरूमध्ये कतिपय विद्यालयबाट घर फर्कँदै गर्दा, केही विद्यालयमै ढुङ्गा खसेर, केही पहिरोमा परेर र केही भागदौडमा घाइते भएको प्रहरीले जनाएको छ।घाइतेहरूको अवस्था सामान्य भएको बताइएको छ। भूकम्पले सुदूरपश्चिमका बझाङ, बाजुरा, बैतडी, अछामलगायतका जिल्लामा केही घर, विद्यालय, वडा कार्यालय र प्रहरीका चौकीहरू भत्किनुका साथै चर्किएका छन्।भूकम्पको धक्का बझाङ आसपासका जिल्लाहरूसहित भारतको राजधानी दिल्लीसम्म महसुस गरिएको विवरणहरू आएका छन्।भूकम्पको असर कर्णाली प्रदेश विभिन्न जिल्लाहरूमा परेको थियो।परकम्प गइरहेको बताइन्छ छ।भुकम्पले गर्दाजयपृथ्वी लोकमार्ग अवरुद्ध भएको छ।खोर्पे-चैनपुर खण्डमा पहिरोले सडक अवरुद्ध भएको छ। भूकम्पका कारण आएको पहिरोमा परी बझाङको तल्कोट गाउँपालिकाको जालेबगरमा दुई जना घाइते भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।गर्दै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धानका अधिकारीहरुका अनुसार पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा भूकम्प जाने ठूलो जोखिम भएको बताएका छन्।सन् १५०५ मा उक्त क्षेत्रमा भूकम्पका कारण ठूलो विनाश भएको थियो।

© 2026 janayatra.com All rights reserved. | Design by OWC