janayatra

१९औं एसियाड क्रिकेटमा नेपालले भारतसँग खेल्दै।

Author जनयात्रा मङ्गलबार, १६ असोज २०८०

views
१९औं एसियाड क्रिकेटमा नेपालले भारतसँग खेल्दै।

नेपालचीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगलबार भारतसँग क्वाटरफाइनल खेल्दैछ।यसअघि समूह चरणमा मंगोलिया र माल्दिभ्स जस्ता तुलनात्मक रुपमा कमजोर टिमलाई हराएर क्वाटरफाइनल पुगेको थियो।सोमबार भएको क्वाटरफाइनल ड्र अनुसार नेपालले भारत प्रतिद्वन्दी पाएको हो। नेपालको भारतसँग यो दोस्रो खेल हुने भए पनि टी-२०आई क्रिकेट भने पहिलो हो।सेप्टेम्बर ४ मा नेपालले एसिया कपमा भारतसँग श्रीलंकाको क्यान्डीमा खेलेको थियो।उक्त खेलमा नेपालले उत्कृष्ट ब्याटिङ गरेको थियो।

© 2026 janayatra.com All rights reserved. | Design by OWC