janayatra

अभिनेता अनमोल केसी पक्राउ।

Author जनयात्रा शनिबार, १३ असोज २०८०

views
अभिनेता अनमोल केसी पक्राउ।

नेपाल–काठमाडौँमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई केहीबेरअघि काठमाडौंबाट पक्राउ गरेको बताएको छ।अभिनेता अनमोल केसीले रावायण चलचित्रमा अभिनय गर्ने भन्दै पैसा लिएर छायांकनमा नगएपछि निर्माता पक्षले उनीविरुद्ध ठगीको उजुरी दिएका थिए।रावायणका निर्माता सुप्रिया कटवालले केसीविरुद्ध १० लाख रुपैयाँ ठगीको उजुरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा दिएकी थिइन्।प्रहरीले केसीलाई बोलाएर सोधपुछ गर्ने प्रयास गरे पनि उनी सम्पर्कविहीन बनेका थिए।त्यसपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर उनको खोजी गरेको थियो।प्रहरीका अनुसार उनलाई भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरिएको हो।त्यसको अनुसन्धानका लागि केसीलाई पक्राउ गरिएको हो। 

© 2026 janayatra.com All rights reserved. | Design by OWC