janayatra

३० देशका सैन्य प्रतिनिधि सहभागी इण्डो प्यासिफिक सम्मेलन थप सहकार्यमा जोड दिदै सकियो।

Author जनयात्रा शुक्रबार, १२ असोज २०८०

views
३० देशका सैन्य प्रतिनिधि सहभागी इण्डो प्यासिफिक सम्मेलन थप सहकार्यमा जोड दिदै सकियो।

नेपालभारत र अमेरिकी सेनाको संयुक्त सहकार्यमा नयाँदिल्लीमा हिन्दप्रशान्त क्षेत्रका सेना प्रमुखहरूको सम्मेलन आयोजना गरिएको थियोउक्त कार्यक्रममा ३० देशका प्रतिनिधि सहभागी भएका थिए।त्यसमध्ये १८ देशबाट सेना प्रमुख स्वयं अन्यबाट सैन्य प्रतिनिधिले सम्मेलनमा सहभागि बनेका थिए। नेपालबाट प्रधानसेनापति प्रभुराम शर्मा सम्मेलनमा सहभागी थिए।त्यसको बिरुद्ध नेपालका देशभक्त नागरीकहरुले बिरोध गरीराखेकाछन भने नेकपा बिप्लवले बिज्ञप्ति मार्फत आफ्नो पार्टीको गम्भिर ध्याकर्षण भएको र त्यसबारे नेपाल सरकारको धारणा माग गरेर बिरोध जनाएको थियो।नेपाल जस्तो अति भुराजनैतिक सम्वेदनसिल्ता भएको देशले कुनै शक्ति राष्ट्रको रणनितिक सैन्य योजनामा सहभागी बन्नु राम्रो बिषय होइन्। तर देशका शासक प्रशासकहरु आफ्नो स्वार्थ पुर्तिका लागी यस्ता सम्मेलनमा सहभागी हुने गरेकाछन्।सम्मेलनमा हिन्दप्रशान्त क्षेत्रमा दिगो शान्ति र स्थिरता तथा सुरक्षाका लागि साझेदारी विषयमा छलफल भएको भनिएको छ त्यसबाहेक आपसी सहयोग अन्तरसञ्चालन क्षमता वृद्धि तथा मानवीय सहायता संकट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिका विषयमा पनि सम्मेलन केन्द्रित भएको बताइन्छइन्डोप्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्वका लागि आपसी सहकार्यलाई बढाउने विषयमा केन्द्रित रहँदै सेना प्रमुखहरूको सम्मेलन सकिएको 

© 2026 janayatra.com All rights reserved. | Design by OWC