janayatra

रुसी नौसेनाको बैठ लक्षित युक्रेनद्वारा मिसाइल आक्रमण गरेको दावी।

Author जनयात्रा आइतबार, ०७ असोज २०८०

views
रुसी नौसेनाको बैठ लक्षित युक्रेनद्वारा मिसाइल आक्रमण गरेको दावी।

नेपालयुक्रेनले रुसको सेवास्तोपोल भन्ने स्थानमा मिसाइल आक्रमण गरेको छ।रुसि नौसेनाका अधिकारीहरुलाई लक्षित गरी मिसाइल आक्रमण गरेको युक्रेनले भनेको छ।उक्त आक्रमण परी दर्जनौंको मृत्यु भएको र घाइते भएको दाबी युक्रनको सेनाले गरेको भएपनि रुसले भने आक्रमणपछि एक जना सम्पर्कविहीन भएको जनाएको छ।रुसको ब्ल्याक सी क्षेत्रका कमाण्डरहरु सेवास्तोपोल भन्ने स्थानमा बैठक बसिरहेको बेला सोही बैठकलाई लक्षित गरी युक्रेनले शुक्रबार आक्रमण गरेको बताइन्छ। सेवास्तोपोललाई रुसी नौसेनाको सबैभन्दा बलियो अड्डा मानिन्छ।आक्रमणमा स्टोर्म श्याडो मिसाइलको आक्रमण गरिएको थियो ।यो मिसाइल युक्रेनलाई फ्रान्स र बेलायतले उपलब्ध गराएका थिए।बीबीसीले भने युक्रेन र रुस दुवैको दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेको जनाएको छ। 

© 2026 janayatra.com All rights reserved. | Design by OWC