janayatra

नेपालले बुधबार ३.१५ बजे एसिया कप खेल्दै।

Author जनयात्रा बुधबार, १३ भदौ २०८०

views
नेपालले बुधबार ३.१५ बजे एसिया कप खेल्दै।

नेपालपाकिस्तानसँग बुधबार मुल्तान क्रिकेट रंगशालामा एसिया कप खेलेर नेपालको झन्डै तीन दशकदेखिको त्यो सपना पूरा गर्दै छ।खेल नेपाली समय अनुसार आज बुधबार दिउसो ३.१५ बजे सुरु हुनेछ। खेल टेलिभिजनमा पनि नेपाली दर्शकहरुले प्रत्यक्ष हेर्न पाउनेछन्। नेपाली टिमले भारत बिरुद्धको दोस्रो खेल श्रीलङकाको क्याण्डीमा भदौँ १८ गते खेल्ने छ। नेपालले सन् १९९६ मा मलेसियामा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको हिसाबमा एसीसी ट्रफी खेलेको थियो।उक्त प्रतियोगिता पनि एसिया कप छनोटको आधार थियो।प्रत्येक दुई वर्षमा हुने एसीसी ट्रफी र नयाँ स्वरूपमा आएको प्रिमियर कपमा नेपालले सफलता कहिल्यै हात पार्न सकेन र एसिया कप खेल्न झन्डै तीन दशक पार गर्नु परेको थियो सन् २००२ को एसीसी ट्रफीमा फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भए पनि कारगिल युद्धसँगै भारत र पाकिस्तानबीच तनाव बढ्दा एसिया कप नै स्थगित हुन पुगेको थियोअप्रिलमा एसीसी प्रिमियर कप जितेपछि नेपाल पहिलो पटक एसिया कपका लागि छनोट भएको थियो आउँदो साता अन्तर्राष्ट्रिय ्रिकेट खेल्न लागेको नेपालले आफ्नो क्रकेटको २७ वर्ष पूरा गर्दै छ।देशको प्रतिनिधित्व गर्ने खेल हेर्न नेपालीहरु बेग्र प्रतिक्षारत छन।

© 2026 janayatra.com All rights reserved. | Design by OWC