janayatra

आधा रातमा खाना खाँदा स्वास्थ्यमा गम्भिर असर गर्छ।

Author जनयात्रा शनिबार, ०९ भदौ २०८०

views

नेपालबेलुकी खाना हल्का त्यो पनि सूर्यास्तअघि नै खानु पर्दछ। आयुर्वेदले मात्रै होइन, विज्ञानले पनि यसै भन्छ। प्राचीनकालदेखि नै अपनाउँदै आएको यस्तो खानपान शैलीले आयु लामो बनाउने मात्र नभई दीर्घरोगको जोखिम पनि कम हुन्थ्यो।आजभोलिको अव्यवस्थित खानपानले दीर्घरोगीको संख्या निकै बढ्दो छ।यसको मुख्य कारणमध्ये आधा रातमा भरपेट खानु रहेको स्वास्थ्य अधिकारीहरु बताउँछन्।सुत्ने समयमा आधा रातमा फ्रिजका खानेकुरा खानु पेटभर जंकफुड, तारेका, पोलेको खाने र मदिरा पिउने बानीले विस्तारै स्वास्थ्यमा ठूलो प्रभाव पारिरहेको छ।उमेर ढल्किंदै गएसँगै मानिसको पचाउने क्षमता पनि घट्दै जान्छ।शरीरको क्रियाकलाप नियन्त्रण गर्ने मस्तिष्कमा हुने सञ्चालन प्रणाली केन्द्र बिन्दुको काम रातमा कम हुन्छ। रातमा खानेकुरा पचाउन काम गर्ने पाचन रस कम रिलिज हुने हुँदा पचाउने क्षमता कम हुँदै जान्छ । त्यसैले राति खाने बित्तिकै खाएको पच्दैन र शरीरमै थुप्रिएर बस्छ, जसले गर्दा प्राचन प्रणालीमा असर गर्छ । फलस्वरूप मोटोपन, मधुमेह, फ्याटी लिभर उच्च रक्तचाप जस्ता दीर्घरोगको जोखिम हुन्छखाना राति नपच्दा पेट डम्म हुन्छ र निद्रा पनि समयमा आउँदैन।जसको असर विहान देखिन्छदोस्रो दिन कब्जियत, टाउको दुख्ने, आलस्यता, ऊर्जाको कमी र अन्य समस्या हुन सक्छ।स्वास्थ्य विज्ञहरूका अनुसार अबेर खाने मात्र होइन खानेबित्तिकै सुत्नु पनि हानिकारक हुन्छ । नेसनल सेन्टर फर बायटेक्नोलोजी इन्फरमेसन (एनसीबीआई)ले गरेको एक अध्ययनले पनि सुत्ने र खानेको बीचमा दुई घण्टाको अन्तर हुनु अति आवश्यक रहेको देखाएको छ।दीर्घजीवनको लागि बेलुकी ७ बजेसम्म खाना खान पर्दछ।सम्भव नभए ढिलामा  ८ बजे खाइसक्नुपर्छ । त्यस्तै, रातिको काम भए काममा जानुअघि खाना खाने र बेलुका अबेर भए हल्का सुप खाएमा केही हदसम्म रोग लाग्नबाट बच्न सकिन्छ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC