janayatra

काठमाडौँमा वीरजङ्ग स्मृति खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदै।

Author जनयात्रा बिहिबार, ३२ साउन २०८०

views
काठमाडौँमा वीरजङ्ग स्मृति खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदै।

स्वर्गीय क.चन्द्र बहादुर चन्द(वीरजङ्ग) २०१६ साल फागुन ७ गते रोल्पा जिल्ला इरीबाङ केवरीमा जन्मिनु भएको थियो।क.बिरजङग बिद्यार्थि राजनिती मा सहभागी बनेर पञ्चायती ब्यवस्थाका बिरुद्ध आन्दोलनमा सहभागी हुनु भएको थियो। राजनैतिक पार्टीको रुपमा क.बिरजङ्ग नेपाल कम्युनिस्ट पार्टी (मसाल) नेकपा (एकता केन्द्र) नेकपा (माओवादी) र त्यसले सञ्चालन गरेको १० बर्षे जनयुद्ध हुदैँ बिप्लब नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी सम्म निरन्तर रुपमा महत्वपुर्ण नेतृत्व गर्दै आउनु भएको थियो।स्वर्गिय क.बिरजङ्गको २०७८ असोज २८ मा मुटुरोगको उपचारको क्रममा भारतको दिल्लि स्थित म्याक्स हस्पिटलमा निधन भएको थियो।क.बिरजङ्गको स्मृतिमा राष्ट्रिय भलिबल प्रतियोगिता काठमाडौँमा आयोजना गरीएको छ।उक्त प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको मुख्य सहयोगमा नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजना र नेपाल भलिबल संघको प्राबिधिक सहयोगमा सञ्चालन गरीने छ।खुल्ला राष्ट्रिय भलिवल प्रतियोगिता भदौँ २७ देखी ३० सम्म चल्ने छ।प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख,द्वितीय हुने टोलीले २ लाख ५० हजार,तृतीय हुने टोलीले १ लाख र सान्त्वना हुने टोलीले ५० हजार प्राप्त गर्नेछन भने प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन। प्रतियोगितामा उत्कृष्ट स्पाइकर,क्विकर,ब्लकर,सेटर, सर्भर,डिफेन्डर र प्रशिक्षकले समान ५/५ हजार प्राप्त गर्नेछन्।

© 2026 janayatra.com All rights reserved. | Design by OWC