विश्वराज छटपटाइरहे, मानबता मरेको भिडले फोटो र भिडियो खिच्दै रमिते बन्यो।
नेपाल-सिन्धुपाल्चोकको
लिसंखुपाखर गाउँपालिका ७ स्थित १६
किलोमा मंगलबार बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भई खुट्टाबाट सडक नै रगताम्मे हुने गरी रक्तस्राव भएका दोलखा बैतेश्वर गाउँपालिका– ७ का २३ वर्षीय विश्वराज श्रेष्ठ दुर्घटना भएकै सडकमा झन्डै आधा घन्टा दुई हात
टेकेर रुँदै सहयोगको याचना गरिरहे तर, घटनास्थलमा उभिएको भिडले उनको उद्धारमा चासो गरेन बरु केही मानिसहरु त्यो हृदयविदारक तस्बिर र भिडियो खिच्न तिर लागिरहे।दुर्घटना भएको झन्डै आधा घन्टापछि प्रहरी
चौकी लिसंखुपाखरका प्रहरी टोली घटनास्थल पुगेको थियो।त्यसपछि प्रहरीले लिसंखुपाखर गाउँपालिका– ६ को एम्बुलेन्स मगाएर घाइते श्रेष्ठलाई खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल
पुर्याएको थियो
तर अस्पतालले रक्तस्राव रोक्न नसकीने र तत्काल काठमाडौं लैजान भनेपछि श्रेष्ठलाई काठमाडौं लगिएको थियो।दुईजना प्रहरीले काखमा राखेर एम्बुलेन्समा लगिरहेका विश्वराज बाटोभरि
छटपटाउँदै प्रहरी र एम्बुलेन्स चालकलाई अंकल गाडी छिटो हाँक्नु न मलाई छिटो
अस्पताल पुर्याउनु भन्दै रोइरहेका थिए।अत्यधिक रक्तस्रावका कारण विश्वराजले काभ्रेको साँगा पुग्दानपुग्दै देहत्याग गरे।प्रहरीका अनुसार उनलाई धुलिखेल अस्पताल राख्न खोजिएको थियो तर परिवारका सदस्यले बी एन्ड बी अस्पताल नै
ल्याउन भनेपछि धुलिखेल अस्पताल गेटबाटै फर्काइएको थियो। यो घटना एक
प्रतिनिधिमुलक मात्रै हो यसता घटना दिनहु देशै भरी थुप्रै घटने गर्दछन्।घटना
घटिसकेपछी पिडितहरुको अवस्था यसतै हुने गरेको छ।