janayatra

कर्णालीका खाद्य डिपोमा चामलको अभाब।

Author जनयात्रा मङ्गलबार, २३ साउन २०८०

views
कर्णालीका खाद्य डिपोमा चामलको अभाब।

नेपालअघिल्लो आर्थिक वर्षको कोटा सकिएको र नयाँ स्वीकृत कोटाको चामल ढुवानी नभएकाले कालीकोटको मान्मसहितका थिर्पू, पादमघाट, खल्लागाड, र खिन डिपोमा चामल छैन। दिनहुँ स्थानीय आएर रित्तै फर्कने गरेका छन् चामल सकिएपछि सदरमुकाम मान्मबाट साउन देखि नै चामल बिक्री बन्द गरिएको छ। शाखामा सय २८ क्विन्टल भए पनि कारागारका कैदीबन्दी तथा जन्ममृत्यु संस्कारका लागि मात्र चामल दिने निर्णय भएको छ खाद्यान्न अभावको बढी समस्या कालीकोटस्थित सुक्खा क्षेत्र पलातामा बढी छ हिउँदे बाली खडेरीले खाएको गत वर्ष पनि पहिरोले अन्नबाली नष्ट गरेकाले पलातामा खाद्य अभाव बढी भएको छ।यस वर्ष जिल्लाभरका लागि १० हजार ५ सय क्विन्टल चामलको कोटा निर्धारण गरिएको कम्पनीले जनाएको छ चामल नभएपछि मुगुका ३ वटा खाद्य डिपो र दुईवटा बिक्री केन्द्रका गोदाम रित्तिएका छन् गत आर्थिक वर्षको खाद्यान्न कोटाको चामल ढुवानी भइसकेको र चालु आर्थिक वर्षको नयाँ खाद्यान्न कोटा ठेक्का टेन्डर स्वीकृत नहुँदा श्रीकोट, पुलु, सोरुकोट खाद्य डिपो, कालै र रातापानी बिक्री केन्द्रका गोदाम असार अन्तिम सातादेखि नै रित्तिएका हुन् गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा पनि ६ सय क्विन्टल चामल मात्र मौज्दात छ उक्त चामल आपत्कालीन अवस्था जन्ममृत्यु संस्कारका लागि राखिएको छ।वर्षायामका कारण साउनदेखि भदौ अन्तिम सातासम्म बर्सेनि जिल्लाका खाद्य डिपो खाली हुने गरेका छन्डिपोमा चामल सकिएपछि उपभोक्ता भने स्थानीय व्यापारी सँग महँगोमा चामल किनेर खान बाध्य छन्।नयाँ ठेक्का टेन्डर स्वीकृत नहुँदासम्म डिपोमा चामल ढुवानी नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अधिकारीहरुले बताए चालु आर्थिक वर्षमा गमगढीका लागि ११ हजार क्विन्टल अन्य डिपोहरूका लागि / हजार क्विन्टलका दरले खाद्यान्नको कोटा तोकिएको थियोहुम्ला, डोल्पा र जुम्लाका खाद्य डिपोमा पनि चामल सकिएको छ िमाली जिल्लाका धेरैजसो डिपोमा कर्मचारी छैनन् जसका कारण ठेकेदारले अनुदानको चामल डिपोमा पुर्‍याएर आफ्नै तरिकाले बिक्री गर्ने गरेका छन् उनीहरूको अनुगमनका लागि सदरमुकामबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारी जाने गरेका छन्आर्थिक वर्षमा जुम्लाका लागि नेपालगन्जबाट ४ हजार २ सय ५५, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ हजार ५ सय र राजापुर बर्दियाबाट ३ सय ४१ क्विन्टल चामल आएको थियो गत वैशाख २० गते बसेको खाद्य व्यवस्था समिति जुम्लाको बैठकले चालु आर्थिक वर्षका लागि १० हजार सय क्विन्टल चामलको कोटा माग गर्ने निर्णय गरेको थियोहुम्ला शाखा कार्यालयमा अहिले १ हजार ७ सय क्विन्टल चामल मात्र मौज्दात छ एक हजार सय क्विन्टल चामल ढुवानीको प्रक्रियामा सडक सञ्जालसँग नजोडिएकाले हुम्लामा हवाई यातायातबाट चामल ढुवानी गर्नुको विकल्प छैन तर जहाज कम्पनीहरूले यात्रुको चाप भएको भन्दै चामल ढुवानी गर्न छाडेका छन् अहिले हुम्लाका सर्केघाट, श्रीनगर, खार्पुनाथ, देउली, छर्पेला र बालुकन डिपो तथा बिक्री केन्द्र खाली भएका छन् डोल्पामा हजार सय क्विन्टल चामल मौज्दात कर्णालीका गोदाम चामल नहुँदा रित्तिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेत स्थित अधिकारीहरुले बताए

© 2026 janayatra.com All rights reserved. | Design by OWC