janayatra

लम्पी स्किन महामारीले किसानहरु पिडामा,सरकार भने बेखवर।

Author जनयात्रा आइतबार, २१ साउन २०८०

views
लम्पी स्किन महामारीले किसानहरु पिडामा,सरकार भने बेखवर।

नेपाल लम्पी स्किन रोगबाट देशभर हालसम्म ४८ हजार ८८० पशु मरिसकेको र अझै पनि सक्रिय संक्रमित पशुको संख्या एक लाख ८३ हजारभन्दा धेरै भएको बताईन्छ।महामारी फैलिएको ५ महिनामा सङ्क्रमित पशुको संख्या ११ लाख ४९१ रहेको अधिकारीहरुले बताएका छन्।देशभरका स्थानीय तहबाट पशु सेवा विभागले संकलन गरेको पछिल्लो विवरणअनुसार हाल देशका ७७ वटा जिल्लामा लम्पी स्किनको महामारी फैलिएको छ।यस अघीनै चीन र भारतमा ठूलो क्षति पुर्‍याएको यो रोगबारे सरकारले बेलैमा रोकथाम र उपचारको व्यवस्था नगर्दा कृषि उत्पादन र दूग्ध व्यवसायमै ठूलो असर परेको छ भने किसानहरु सबैभन्दा मारमा परेकाछन्।हाल कायम संक्रमित र मृतक पशुसंख्याको हिसाब हेर्दा लम्पी स्किन महामारीबाट किसानले अहिले सम्म ५४ अर्ब रुपैयाँ बढी क्षति बेहोरेको प्रारम्भिक अनुमान नेपाल पशु चिकित्सा परिषद्ले गरेको छ । असार २०७७ मा मोरङको सुन्दरहरैँचा नगरपालिकामा पहिलो पटक नेपालमा लप्मी स्किन रोग देखिएको थियो।२०७९ माघबाट यो रोग पनः फैलिन थालेको थियो।किसानले यति ठुलो क्षेति बेहोरी राखेपनि सरकारले समस्या निदानका लागी ठोस पहल भने गर्न चाहेको छैन।

© 2026 janayatra.com All rights reserved. | Design by OWC