janayatra

कर्णालीमा आँखा पाक्ने बिरामी बढे।

Author जनयात्रा शनिबार, २० साउन २०८०

views
कर्णालीमा आँखा पाक्ने बिरामी बढे।

नेपालकर्णाली प्रदेशमा आँखा पाग्ने रोग एडिनो भाइरस कन्जन्टि भाइटिसका बिरामी बढ्न थालेका छन्।पछिल्लो समय दैनिक ८०० देखि १ हजार बिरामी आँखा अस्पताल उपचार गर्न आउने गरेका छन्।प्रदेशमा रहेको एकमात्र ठूलो आँखा अस्पताल सुर्खेत आँखा अस्पतालमा दैनिक ६०० भन्दा बढी बिरामी आँखा जचाउन आउने गरेको अस्पतालका अधिकारीहरुले बताए।पहिले दैनिक २ सय बिरामी आउने गरेकामा पछिल्लो एक साताभित्र बिरामीको सख्ंया तीन गुणाले बढेको छन्।सुर्खेत आँखा अस्पतालमा मात्र नभई प्रदेशका १० जिल्लामा सञ्चालित २८ वटा आँखा उपचार केन्द्रमा समेत आँखा पाक्ने बिरामीको भीड बढ्न थालेका छन्।आँखा पाक्ने बिरामी संख्या बढ्न थालेपछि आँखा अस्पताल सुर्खेतले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्मा सेवा दिँदै आएको बताएको छ।उक्त रोगले धेरैजसो बालबालिका र युवामा समस्या देखिएको स्वास्थ्य अधिकारीहरुले बताए। संक्रमणको सुरुआतमा आँखा बिझाउने, चिलाउने, रातो हुने, आँखामा कचेरा लाग्नुका साथै आँसु आउँने, घाममा हेर्न अप्ठेरो हुने जस्ता लक्षणहरु देखिएका छन्।

© 2026 janayatra.com All rights reserved. | Design by OWC