janayatra

फोक्सोको क्यान्सर कसरी हुन्छ?

Author जनयात्रा बुधबार, १७ साउन २०८०

views
फोक्सोको क्यान्सर कसरी हुन्छ?

नेपालफोक्सो क्यान्सर एउटा यस्तो जटिल क्यान्सर हो, जुन विश्वमा सबैभन्दा बढी मान्छेहरुको मृत्यु हुने गरेको छ। नेपालमा देखिने क्यान्सरहरू मध्ये पहिलो नम्बरमा देखिने क्यान्सर भनेको फोक्सोको नै हो।विश्वमा प्रत्येक दिन ४ हजार ९ सय ३१ जनाको मृत्यु फोक्सो क्यान्सरले हुने गरेकोछ।नेपालमा फोक्सो क्यान्सरको कारण प्रत्येक दिन करिब सात जनाको मृत्यु हुन्छ।फोक्सोको क्यान्सर ढिलो पत्ता लागेमा यसको उपचार निकै कठिन हुन्छ। त्यसैले यसलाई डरलाग्दो रोग पनि भन्ने गरिन्छ। समयमै पत्ता लाग्यो भने यसको उपचार सम्भव छ।धुम्रपान, मदिरापानलगायतका सेवनका कारण मानिसहरूमा फोक्सोको क्यान्सर हुने गर्दछ।त्यसो भन्दैमा धुम्रपान नगर्नेलाई फोक्सोको क्यान्सर नहुने भन्ने हुँदैन।तर जोखिम भने धुम्रपान गर्नेमा धेरै हुन्छ।वंशाणुगत कारण, वायु प्रदूषण, कमजोर रोग प्रतिरोधात्मक क्षमता, फोक्सो सम्बन्धी दीर्घकालीन रोग लगायतका कारण पनि फोक्सोको क्यान्सर हुने गर्दछ।धेरै धुवाँ धुलो र वातावरण प्रदूषणको सम्पर्कमा आउने, धुम्रपान गर्ने, इँट्टा भट्टामा काम गर्ने शहरीयामा यो समस्या धेरै पाइन्छ।गाउँमा भने बिँडी हुक्का खाने, दाउरा बालेर आगोमा खाना पकाउने महिलाहरूमा यो क्यान्सर बढी देखिएको छ।चकको धुलोको कारण शिक्षकहरूमा फोक्सोको क्यान्सर बढी देखिने गरेको थियो।फोक्सो सम्वन्धी समस्या खास गरी ६० वर्ष भन्दा माथिको उमेर समूहमा धेरै देखिने गरेको छ।चुरोट खाने ८० देखि ९० प्रतिशत व्यक्तिलाई ६० वर्ष पछि फोक्सो क्यान्सरको समस्या धेरै भएको देखिन्छ।३५ देखि ४० वर्षको उमेर समूहमा जेनेटिक कारण ५ देखि १० प्रतिशतमा यो क्यान्सर हुने गरेको स्वास्थ्य अधिकारीहरु बताउछन।फोक्सो क्यान्सर भए कफ आउने, स्याँस्याँ हुने, छाती दुख्ने, खकारका साथमा रगत देखिने, सास लिनमा कठिनाइ हुने, एक्सरे गर्दा छातीमा दाग देखिने लगायतका लक्षणहरू देखिन्छ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC