janayatra

सिचाईको अभावले हाल सम्म देशभर ७७ प्रतिशत मात्र धान रोपाइँ।

Author जनयात्रा मङ्गलबार, १६ साउन २०८०

views
सिचाईको अभावले हाल सम्म देशभर ७७ प्रतिशत मात्र धान रोपाइँ।

नेपालदेशभर ७७ प्रतिशत धान रोपाइँ सकिएको अधिकारीहरुको भनाई छ।१२ साउनसम्म नेपालमा कुल धान रोपाइँ हुने भू-भागमध्ये ७७ प्रतिशत भू-भागमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।गत वर्षको यही अवधिमा ९० प्रतिशत भू-भागमा धान रोपाइँ भएकोमा चालुआर्थिक वर्षमा ढिला गरी मनसुन सुरु भएको र मनसुन सुरु भएपनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ कम भएको हो।नेपालमा कुल १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको मन्त्रालयले जनाएको छ।जसमध्ये १२ साउनसम्म १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC