janayatra

भारी वर्षाले दाङ देउखुरी क्षेत्र डुबानमा।

Author जनयात्रा बुधबार, १० साउन २०८०

views
भारी वर्षाले दाङ देउखुरी क्षेत्र डुबानमा।

नेपालभारी वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा परेका छन्।गएरातिदेखि लगातार परेको पानीका कारण देउखुरीका लमही नगरपालिका,गढवा र राजपुर गाउँपालिकाका विभिन्न ठाउँहरु डुबानमा परेको अधिकारीहरुले बताएका छन्। लमहीको सुनडबरी, राजपुर ५ भुर्कीहवामा केही घर ठाउँ डुबानमा परेका हुन त्यस्तै लमही- ३ कौडिया (कान्तिपुर गाउँ)का घर डुबान परेका र दुईवटा घरबाट सशस्त्र प्रहरी बल नं. ४१ रिजर्भ गण अर्जुनखोला (कपिलवस्तु)ले उद्धार गरेको थियो।जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी वर्षा भएका कारण राप्ती र बबईलगायत अन्य‍ नदीहरूको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपील गरेको छ।दाङका बगासोती, लालमटिया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा लगायत स्थानमा भारी वर्षा मापन गरिएको छ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC