janayatra

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ।

Author जनयात्रा मङ्गलबार, ०२ साउन २०८०

views
किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ।

नेपालसप्तरी कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ। चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन्  घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पीडितको जाहेरीपछि आरोपी दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ  इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपककुमार रायका अनुसार गत असार २९ गते राति साढे १० बजेतिर ती किशोरीलाई भेट्न एक जना साथी आएका थिए । त्यसलगत्तै ४ जना आरोपी छिरेर किशोरी र उनका साथीलाई कुटपिटसमेत गरे । किशोरी र उनका साथीको तस्बिर खिचेर सार्वजनिक गर्ने उनीहरूले धम्की दिए । त्यसपछि किशोरीका साथीलाई घरमै थुनेर नजिकै रहेको घरमा लगेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।आरोपीमध्येका कैलाश भनिने टेकराज पोखरेलको निर्देशनमा ३ जनाले आफूलाई बलात्कार गरेको किशोरीले प्रहरीमा दिएको जाहेरीमा भनेकी छिन् । बलात्कारपछि किशोरीलाई कुटपिट गर्दै घरमा लगेर छोडिदिएको प्रहरीले जनाएको छ । उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएको पीडितले बताएकी छिन् 

© 2026 janayatra.com All rights reserved. | Design by OWC