janayatra

बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिने भन्दै जनताहरु आन्दोलित।

Author जनयात्रा मङ्गलबार, ०२ साउन २०८०

views
बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिने भन्दै जनताहरु आन्दोलित।

नेपालबञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न नदिने भन्दै ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन्।फोहोर र मानिसलाई सँगै राख्‍न नमिल्ने भन्दै आफूहरुले पटक पटक माग राख्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रनु परेको ककनी गाउँपालिकाका जनताहरुको भनाई छ। सोमबार बिहानैदेखि जनप्रतिनिधि र जनताहरुले बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फोहोर बोकेर गएका उपत्यकाका गाडीहरुलाई अवरोध गरेका छन्। त्यहाँका स्थानीयवासी अव्यवस्थित ढंगबाट फोहोर बिसर्जन गर्दा झिँगा धेरै आउन थालेपछि स्थानियहरु आक्रोशित बनेकाहुन।केही दिनअघि ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीहरुलाई प्रवेश शुल्क लिने निर्णय गरेको थियो। तर स्थानीयले शुल्क भन्दा नागरिकको स्वास्थ्य महत्त्वपूर्ण भन्दै फोहोर विसर्जन गर्न नदिने अडान लिएपछि अहिले जनप्रतिनिधिहरू नै फोहोर विसर्जन गर्न नदिने भन्दै आन्दोलनमा उत्रिएका छन् । 

© 2026 janayatra.com All rights reserved. | Design by OWC