ग्यास र पेट्रोलको मुल्य घट्यो।
नेपाल– नेपाल आयल
निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।आइतबार राति
१२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको हो।ग्यासको
मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ।त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६
रुपैयाँ घटेको छ।पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ
भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ।डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य
प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ।निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली
लागू गरेको छ।अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर
आउँदा घट्नेछ।भारतबाट १५/१५ दिनमा इन्धनको मूल्य सूची आउने गरेको छ। नेपाल आयल
निगमले पत्रकार सम्मेलनमार्फत मूल्य घटाएकोबारेमा जानकारी गराएको थियो।