janayatra

जुकरबर्गको वार्षिक सुरक्षामा पौने २ अर्ब खर्च।

Author जनयात्रा शुक्रबार, २९ असार २०८०

views
जुकरबर्गको वार्षिक सुरक्षामा पौने २ अर्ब खर्च।

नेपालफेसबुकका संस्थापक तथा मेटा कम्पनीका सीईओ मार्क जुकरबर्ग पछिल्ला दिनमा नयाँ सोसल मिडिया प्लाटफर्म थ्रेड्स र आफ्नो व्यक्तिगत सुरक्षामा भैरहेको अविश्वसनीय खर्चका कारण चर्चामा छन्।जुकरगर्बको व्यक्तिगत सुरक्षामा मेटा कम्पनीले पछिल्लो ३ वर्षमा ४ करोड डलर अर्थात् करीब ५ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको छ।उनको परिवारले सञ्चालन गरेको फाउन्डेसनद्वारा पुलिसलाई बदनाम गर्ने समूहलाई दिइएको लाखौँ डलरको आर्थिक सहायताको आडमा उक्त खर्च गरिएको बताइएको छ।अन्तराष्ट्रिय खोज पत्रकार ली फेंगले गरेको अनुसन्धान अनुसार मार्क जुकरबर्ग र पत्नी प्रिसिला चानको नाममा खुलेको चान जुकरबर्ग इनिसिएटिभ (सीजेडआई) नामक संस्थाले डिफन्ड पुलिस डट ओआरजी को आडमा पोलिसिलिंक नामक संस्थालाई सन् २०२० देखि ३० लाख डलर रकम प्रदान गर्दै आएको छ।गत फेब्रुअरीमा कम्पनीले तयार पारेको कागजात अनुसार मेटा कम्पनीले सन् २०२३ मा जुकरबर्गको सुरक्षा खर्चमा अझै वृद्धि गरेर १ करोड ४० लाख डलर पूराएको छ । पछिल्ला केही वर्षदेखि जुकरबर्गको व्यक्तिगत सुरक्षामा वार्षिक औसतमा १ करोड डलर खर्च हुने गरेकोमा यो वर्ष ४० लाख डलर थपिएको हो । साथै जुकरबर्गलाई विभिन्न सुरक्षा तथा अन्य आवश्यकताहरुका लागि समेत धन खर्च गर्नसक्ने अधिकार दिइएको छ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC