janayatra

सीता दाहालको निधन।

Author जनयात्रा बुधबार, २७ असार २०८०

views
सीता दाहालको निधन।

नेपालकाठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ।आज बिहान नर्भिक अस्पतालमा सीता दाहलको निधन भएको हो।प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८.३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए ।पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)बाट पीडित सीता दाहाल लामो समयदेखि थला पर्नु भएको थियो। अहिले भने उहाँलाई हृदयाघात भएको थियो।स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो।प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन्। अन्य विशिष्ट व्यक्तित्वहरु, पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगि रहेका छन्।

© 2026 janayatra.com All rights reserved. | Design by OWC