janayatra

हवाई हमलामा २२ जनाको मृत्यु।

Author जनयात्रा आइतबार, २४ असार २०८०

views
हवाई हमलामा २२ जनाको मृत्यु।

नेपालसुडानमा हवाई हमला हुँदा २२ जनाको मृत्यु भएको छ।हवाई हमला सुडानको राजधानी खार्तुमको छिमेकी शहर ओमडुरमनको आवासीय क्षेत्रमा शनिबार भएको थियो।उक्त हमलाबाट २२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ।सुडानी सेना र एक विद्रोही अर्धसैनिक संगठन आरएसएफबीच एक साताको बीचमा भएको लडाइँमा यो सबैभन्दा धेरै मानवीय क्षति भएको हो। आक्रमण कसले गर्यो भन्ने खुलेको छैन। आक्रमणको दोष सेना र विद्रोही संगठन दुवैले एकअर्कालाई लगाएका छन्। विद्रोही संगठनका नेता अब्देल फतह अल बुरहानले भने सेनाले आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको र कयौं घाइते भएको बताएका छन्। यसबारे सेनाको तर्फबाट भने औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। स्वास्थ्य मन्त्रालयले भने २२ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC