janayatra

अमेरिकाले युक्रेनलाई घातक क्लस्टर बम दिदै।

Author जनयात्रा सोमबार, २५ असार २०८०

views
अमेरिकाले युक्रेनलाई घातक क्लस्टर बम दिदै।

नेपालयुक्रेनलाई क्लस्टर बम उपलब्ध गराउने वाशिङ्गटनको निर्णयमाथि अधिकांश अमेरिकी सहयोगी राष्ट्रहरूले असन्तुष्टि व्यक्त गरेका छन्।शुक्रवार राष्ट्रपति जो बाइडनले धेरै कठिन निर्णयको सङ्ज्ञा दिँदै अमेरिकाले युक्रेनमा विवादास्पद अस्त्रहरू पठाउने विषय पुष्टि गरेका थिए।प्रतिक्रिया स्वरूप यूके, क्यानडा, न्यूजील्यान्ड र स्पेनले आफूहरू उक्त अस्त्र प्रयोगको विरुद्ध उभिएको बताएका छन्।क्लस्टर बमले आम नागरिकलाई निम्त्याउने जोखिमका कारण यो एक सयभन्दा बढी देशहरूमा प्रतिबन्धित छ।क्लस्टर उपकरणले ससाना बमहरू ठूलो क्षेत्रमा विस्फोट गराउँछ। यद्यपि तीमध्ये अधिकांश विस्फोट हुँदैनन् जसलाई "डड्स" भनिन्छ। विस्फोट नभएका यस्ता बमहरूमाथि कसैले कुल्चिँदा वा अन्य छेडखानी हुँदा विस्फोट हुने सम्भावना हुन्छ जसले मान्छे मार्न वा अङ्गभङ्ग पार्न सक्छ।बाइडनले शुक्रवार सीएनएनसँगको एक अन्तर्वार्तामा, आफूले ८० करोड अमेरिकी डलर बराबरको सैन्य राहत सामग्री अन्तर्गत अस्त्र दिने निर्णयबारे सहयोगी राष्ट्रहरूसँग छलफल गरेको बताएका थिए।यद्यपि "युक्रेनीहरूसँग अस्त्र कम हुँदै गएकालेआफूले त्यस्तो कदम चालेको बताएका थिए।मानव अधिकार समूहहरूले उक्त निर्णयको तत्कालै आलोचना गरेका थिए। क्लस्टर बमहरू यसअघि भियतनाम, कम्बोडिया, कोसोभो, अजरबैजान, अफगानिस्तान र सिरियासहित धेरै स्थानमा प्रयोग भइसकेका छन्।सन् २००६ को लेबनान युद्धमा इजरेलले हिजबुल्लाह फौजविरुद्ध प्रयोग गरेपछि यस्ता अस्त्रहरूमा प्रतिबन्ध लगाइएको थियो। स्रोत बिबिसि।

© 2026 janayatra.com All rights reserved. | Design by OWC