janayatra

दलाई लामाको जन्मदिनमा कूटनीतिज्ञ पुगेकोमा परराष्ट्रको चासो।

Author जनयात्रा शुक्रबार, २२ असार २०८०

views
दलाई लामाको जन्मदिनमा कूटनीतिज्ञ पुगेकोमा परराष्ट्रको चासो।

नेपालकाठमाडौं तिब्बतबाट निर्वासित बौद्ध धर्मगुरु दलाई लामाको जन्मदिन मनाउन विदेशी कुटनीतिज्ञहरु स्वयम्भुको नाम्गेल स्कुल पुगेपछि परराष्ट्र मन्त्रालयले चासो राखेको छ । परराष्ट्र स्रोतका अनुसार बिहीबार मन्त्रालयले यसबारे गृह मन्त्रालयका पदाधिकारी र प्रहरीसँग चासो राखेको बताईएको छ।बिहीबार ८८ वर्ष पुगेका लामाको तिब्बती परम्परा अनुसार जन्मदिन मनाइँदा त्यहाँ सहभागी हुन अमेरिका, फ्रान्स, युरोपेली युनियन र जापानका कुटनीतिज्ञहरु पुगेका थिए ।अघिल्लो वर्ष जाउलाखेलको शरणार्थी शिविरमा झैं महत्वका साथ कुटनीतिज्ञहरु स्वयम्भु पुगेपछि परराष्ट्रले चासो राखेको हो। लामाको जन्मदिन कुनै व्यक्तिगत वा सामुदायिक मात्रै नभई नेपालका लागि अति संवेदनशील घटना बन्न पुगेको परराष्ट्रले विश्लेषण गरेको छ । राजनीतिक रंग दिँदै समारोह गरिएपछि नेपाललाई अप्ठेरो पर्न सक्ने अधिकारीहरुको विश्लेषण छ ।चीनले नेपालसँग हरेकपल्टका भेट, कुराकानीहरुमा तिब्बतका बारेमा मुख्य सरोकार राख्ने गर्छ। नेपालमा तिब्बती शरणार्थीहरु बौद्ध, जाउलाखेल लगायत ठाउँमा बसेका छन् । नेपालले चिनियाँ संवेदनशीलतालाई ख्याल राख्ने भन्दै आएको छ ।कार्यक्रमको आयोजना टिबेटियन रेफ्युजी वेलफेयर अफिसले गरेको थियो ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC