पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार बानेश्वरमा पक्राउ।
नेपाल–पप्पु कन्स्ट्रक्सनका सञ्चालक तथा पूर्वसांसद
हरिनारायण रौनियारलाई नेपाल प्रहरीले अपराह्न बानेश्वरबाट पक्राउ गरेको छ।बाँके
जिल्ला अदालतले पक्राउ पुर्जीजारी गरेको आधारमा प्रहरी वृत्त बानेश्वरको टोलीले
रौनियारलाई पक्राउ गरेको हो। उनलाई आजै बाँके जिल्ला प्रहरीलाई जिम्मा लगाउने
तयारी गरेको छ। रौनियार विरूद्ध जिल्ला प्रहरी कार्यालय
बाँकेमा ठगीसम्बन्धी उजुरी परेको थियो। ०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन
संघीय समाजवादी फोरमको उम्मेदवार रहेका उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित
भएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरूद्ध
भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको पद निलम्बनमा परेको थियो।