janayatra

वाग्नर समुहले विद्रोह त्याग्यो।

Author जनयात्रा सोमबार, ११ असार २०८०

views
वाग्नर समुहले विद्रोह त्याग्यो।

नेपालरुसमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहले विद्रोहको प्रयास गरेको २४ घण्टा नबित्दै रोस्तोभ-अन-डनका सहर छोड्न थालेको छ।प्रमुख येभ्गेनी प्रिगोजिनले आफ्ना लडाकुहरूलाई रक्तपातबाट बच्नका लागि युक्रेन फर्कन आह्वान गरेका थिए।उनी अहिले छिमेकी राष्ट्र बेलारुस गइरहेको बताइएको छ। रुसी सञ्चारमाध्यमहरूमा सार्वजनिक भएका विवरण अनुसार अब उनी र उनका सेनाहरू विरुद्ध लगाइएको आरोप हटाइने छ।वाग्नर समूह रुसको सरकारी सेनासँग मिलेर युक्रेनमा लडिरहेको निजी सेना हो।हालैका महिनाहरूमा प्रिगोजिनले रुसको सैन्य नेतृत्वको खरो आलोचना सुरु गरेपछि उनीहरूबीच युद्ध लड्ने शैलीलाई लिएर तनाव बढिरहेको थियो।शनिवार वाग्नरका सैनिकहरू युद्धरत युक्रेनस्थित आफ्नो क्षेत्रबाट रुसको सीमाभित्र फर्किएर दक्षिणी सहर रोस्तोभ-अन-डनमा प्रवेश गरेपछि तनाव चुलिएको हो।रुसी टिभी च्यानल रोजिया ट्वाइन्टीफोरका अनुसार बेलारुसी नेता अलेक्ज्याण्डर लुकाशेन्को र प्रिगोजिनको भेटवार्तापछि शनिवार साँझ अचानक परिस्थिति स्थिर बनाउने सहमति भएको थियो।

© 2026 janayatra.com All rights reserved. | Design by OWC