janayatra

मेयर हर्कलाई जनताको सलाम ।

Author जनयात्रा बुधबार, ३१ जेठ २०८०

views
मेयर हर्कलाई जनताको सलाम  ।

नेपालखानेपानीको चरम अभाव खेपेको सुनसरी धरान उपमहानगर पालिकामा जनश्रमदान गरेर खानेपानी भित्र्याइएको छ उक्त महान कार्यको थालनि धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा चलेको श्रमदान अभियान हो। हर्क साम्पाङ धरान उपमहानगर पालिकाको मेयर बनि सकेपछि उनले जनश्रमदानको अभियान सञ्चालन गरेका थिए उनले सुरु गरेको जनश्रमदान अभियानमा सहयोग गर्न देश देखि बिदेश सम्म रहेका नेपालीहरु धरान पुगेका थिए र पुगि राखेका छन् । धरान उपमहानगरपालिका-२० मा पर्ने कोकाहा खोलाको पानी सुनसरीको बराहक्षेत्र नगरपालिका हुँदै घना जंगल क्षेत्रबाट धरान ल्याइएको हो। ९८ दिनसम्म चलाइएको जनश्रमदान बाट मंगलबार धरानमा खानेपानी भित्राइए हो । धरानमा पानी झारिएपश्चात पानी हेर्न धरानबासीहरूको भीड लागेको थियो। धेरै जसोले पानी झारेको स्थानमा नुहाएर खुसी व्यक्त गरेका थिए। कोकाहा खोला खानेपानी श्रमदान अभियानका प्रोजेक्ट म्यानेजर दत्त लिम्बुले करिब ४० किलोमिटर लम्बाईको दूरीबाट ४ करोड ५० लाख लागतमा धरानमा खानेपानी भित्र्याइएको बताए। मेयर साम्पाङ पानि झर्दा केहि बेर भावुक बनेका थिए । इच्छा र योजना भए जनताको तागतमा के गर्न सकिदैन भन्ने गतिलो सन्देश मेयर साम्पाङले दिएकाछन् । चन्दा र कमिसनको लोभमा रमेका नेपालमा शासक तथा राजनैतिक पार्टी र तिनका नेताहरुलाइ मेयर साम्पाङको अभियानले गतिलो सवक सिकाएको छ । साथै देश बनाउन र जनताको जिवन बदल्न के गर्नु पर्दछ भन्ने शिक्षा पनि सिकाएको छ । मेयर साम्पाङलाइ सवै नेपाली जनताको तर्फवाट सलाम छ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC