janayatra

मिटरब्याजीविरुद्ध हाल सम्म २० हजार उजुरी ।

Author जनयात्रा आइतबार, २८ जेठ २०८०

views
मिटरब्याजीविरुद्ध हाल सम्म २० हजार उजुरी ।

नेपालमिटरब्याजी सुदखोरविरुद्ध नौ जिल्लामा मात्रै करिब बीस हजार पीडित परिवारले उजुरी दिएका छन् । मधेशका आठ जिल्ला र पश्चिम नवलपरासीमा मात्रै एक महिनाको अवधिमा १९ हजार ९४२ उजुरी परेका छन् । सरकारले गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँझबुझ आयोगले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट सुदखोरविरुद्ध उजुरी आह्वान गरेको थियो । तीबाहेक अन्य जिल्लामा परेका उजुरीहरुको विवरण भने संकलन भइसकेको छैन   पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी तथा नवलपरासी पश्चिममा त्यहाँ रहेका जिल्ला प्रशासन कार्यालयमार्फत् १९ हजार ९४२ उजुरी दर्ता भएका हुन्। तीमध्ये १२६ उजुरीउपर छलफल गरी पीडित र पीडकबीच मिलापत्र भएको छ भने १३९ उजुरीमाथि छलफल चलिरहेको छ । आयोगले उजुरीउपर छानबिन गरी सप्तरी र धनुषामा एकएक वटा मुद्धा दर्ता गरेको छ । अहिले पक्राउ पर्ने मिटरब्याजीमा ४ महिला र ३ पुरुष छन्  सुदखोरको मिटर ब्याजबाट पिल्सिएर उठीबास लाग्ने अवस्था भएपछि पीडितहरूले गाउँदेखि चरणवद्ध रुपमा आन्दोलन गर्दै काठमाडौंसम्म आएर पटकपटक धर्ना तथा प्रदर्शन गरेपछि समस्या समाधान गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो भने मिटरब्याजीलाई कारबाही गर्न कानुनमा समेत आवश्यक संशोधन गरेको थियो तर मिटरब्याजी सुदखोरबिरुद्ध आन्दोलन गरिराखेको एउटा समुह भने सरकारको उक्त कदम प्रति असन्तुष्टि ब्यक्त गर्दै शान्ति बाटिकामा लामो समयदेखि धर्नामा छ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC