janayatra

जन्मकैदको सजाय पायका रेशम चौधरीलाई गणतन्त्र दिवसमा आममाफि ।

Author जनयात्रा सोमबार, १५ जेठ २०८०

views
जन्मकैदको सजाय पायका रेशम चौधरीलाई गणतन्त्र दिवसमा आममाफि ।

नेपालटीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका छन्।गणतन्त्र दिवसका अवसरमा कैद मिनाहाका लागि सरकारले सिफारिस गरेका चौधरी सहितका ५०१ जना कैदीहरूलाई राष्ट्रपति यादवले आममाफी दिएका हुन ।यसअघि सरकाको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले आइतवारको मन्त्रिपरिषद् बैठकले चौधरीको कैद मिनाहा गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएकी थिइन्। मन्त्री शर्माका अनुसार चौधरीले माफी मिनाहाका लागि निवेदन दिएका थिए। सरकारले हरेक वर्ष गणतन्त्र दिवसमा निश्चित अवधि कैद भुक्तान गरेका र असल चालचलन भएका कैदीहरूको बाँकी सजाय मिनाहा गर्ने गरेको छ। विसं २०७२ सालमा कैलालीको टीकापुरमा थारु प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक नाबालक र आठ जना सुरक्षाकर्मी मारिएका थिए। उक्त घटनामा दोषी ठहर भएका चौधरीले दिएको पुनरावेदनमा सर्वोच्च अदालतले उनलाई जन्मकैदको फैसला हुने उच्च अदालतको फैसला केही साताअघि मात्रै सदर गरेको थियो।

© 2026 janayatra.com All rights reserved. | Design by OWC