janayatra

शरणार्थी प्रकरणमा २७ करोड बिगो दाबी सहित ३३ जनालाई मुद्दा चलाउन सिफारिस ।

Author जनयात्रा मङ्गलबार, ०९ जेठ २०८०

views
शरणार्थी प्रकरणमा २७ करोड बिगो दाबी सहित ३३ जनालाई मुद्दा चलाउन सिफारिस ।

नेपालनक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध विभिन्न मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सोमवार सिफारिस गरेको छ। काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपितहरूबाट २७ करोड ५० लाख ५७ हजार बिगो असुल गर्न सिफारिस समेत गरेको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका व्यक्तिहरूमा दुईजना पूर्व मन्त्री र एक जना बहालवाला सचिवसहित उक्त 'गिरोह'मा संलग्न भनिएका व्यक्तिहरू छन्। उनीहरू विरुद्ध सोमवारसम्म ११३ जनाले २२ वटा उजुरी दिएको बताइएको छ । आरोपितहरूलाइ विरुद्ध ठगी र सङ्गठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी र सङ्गठित अपराधबाहेक पनि किर्ते, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र राज्य विरुद्धको अपराधमा पनि मुद्दा चलाउन सकिनेबारे प्रहरीले अनुसन्धान गरेको यसअघि बताएको थियो।

© 2026 janayatra.com All rights reserved. | Design by OWC