janayatra

एआईले मानिसको काम कसरी खोस्दैछ ।

Author जनयात्रा आइतबार, ०७ जेठ २०८०

views
एआईले मानिसको काम कसरी खोस्दैछ ।

‍नेपालऔद्योगिक क्रान्ति सुरु भएदेखि नै लुगा बुन्ने यन्त्रदेखि माइक्रोचिपसम्मका नयाँ मशीनका कारण सर्वसाधारण मानिसहरूको रोजगारी गुम्न सक्ने जोखिम देखा परेको हो। तर समग्रमा यो चुनौतीमा मानिस नै विजयी भइरह्यो। अहिले आएर आर्टिफिशल इन्टेलिजन्स (एआई) भनिने प्रविधिले निकट भविष्यमा मार्न सक्ने फड्कोका कारण त्यस्तो जोखिम पुन: उत्पन्न भएको छ। अब मानिसको हातबाट रोबटहरूले साँच्चिकै केही काम खोस्ने छन्। गोल्डम्यान स्याक्सले मार्च २०२३ मा प्रकाशित गरेको एउटा प्रतिवेदनमा अहिले मानिसहरूले गरेका सम्पूर्ण कामको झन्डै एकचौथाइ भाग सामग्री उत्पादनमा सक्षम एआईले गर्न सक्ने उल्लेख छ। युरोपेली युनियन र अमेरिकामा ३० करोड रोजगारी यसका कारण गुम्न सक्ने त्यसमा जनाइएको छ। 'रुल अफ द रोबट्स: हाउ आर्टिफिशल इन्टेलिजन्स विल ट्रान्सफर्म एभ्रिथिङ' नामक पुस्तकका लेखक मार्टिन फोर्ड त्यसको असर गम्भीर हुन सक्ने ठान्छन्। यसको असर केवल व्यक्तिहरूमा मात्र सीमित नभई प्रणालीगत नै हुने छ," उनी भन्छन्। यसले धेरै मानिसलाई सम्भवतः अकस्मात् र एकैपटक असर पार्न सक्छ। त्यसले ती व्यक्तिहरूलाई मात्र नभई समग्र अर्थतन्त्रमा प्रभाव पर्छ।यो सबै खराब समाचार मात्र होइन। विज्ञहरूले ससर्त चेतावनी दिएका छन्: अझै पनि एआईले गर्न नसक्ने कैयौँ काम छन्। ती कामका लागि अनुभूतिजन्य इन्टेलिजन्स तथा नवीन सोचजस्ता विशिष्ट मानवीय गुण चाहिन्छ। "विज्ञानमा, र औषधिविज्ञान तथा कानुनमा जहाँ मानिसहरूले नयाँ कानुनी वा व्यापार रणनीति बनाउनुपर्छ ती क्षेत्रमा मानिसकै आवश्यकता परिरहन्छ।दोस्रो वर्ग भनेको विशिष्ट अन्तरव्यक्ति सम्बन्ध निर्माण आवश्यक पर्ने क्षेत्रका कामहरू हुने उनले बताए। उनले नर्स, व्यापार परामर्शदाता तथा खोज पत्रकारतर्फ औँल्याए। यी काममा, "मानिससम्बन्धी गहिरो ज्ञान आवश्यक पर्छ। सम्बन्ध विकास हुनेगरी अन्तरक्रिया गर्न सक्षम हुन एआईलाई लामो समय लाग्छ।बिबिसि बाट । 

© 2026 janayatra.com All rights reserved. | Design by OWC