janayatra

बक्यौता रकम नपाउदा उखु किसानले सुरू गरे माइतीघरमा धर्ना ।

Author जनयात्रा शुक्रबार, ०५ जेठ २०८०

views
बक्यौता रकम नपाउदा उखु किसानले सुरू गरे माइतीघरमा धर्ना ।

नेपालमहालक्ष्मी सुगर्स मिल्सले सरकारी अनुदान बापतको रकम नदिएको भन्दै कपिल्वस्तुका किसानहरु आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७४/७५ का लागि सरकारले दिएको किसान अनुदान करमार्फत समायोजन गरेर उखु मिलले किसानलाई भने दिएको थिएन । उक्त उद्योग हाल कपिल बस्तुवाट सर्लाहीको गडौता भन्ने ठाउमा स्थानान्तर भइसकेको छ । पटक पटक उक्त अनुदान रकम माग गर्दा पनि सुनुवाइ नभए पछि आन्दोलन गर्न काठमाडौं आएका उनीहरुले माइतीघरमा अनशन सुरु गरेका छन् । जिल्लाका शिवनगर, कृष्णनगर, विजयनगर र महाराजगञ्जका विभिन्न गाउँहरुबाट ३१ जना किसान आन्दोलनका लागि काठमाडौं आएका हुन । पिडित किसानहरुका अनुसार झण्डै ५ वर्षदेखि किसानहरुले उखु मिलबाट ८ करोड ७९ लाख रुपैयाँ बक्यौता पाएका छैनन् । किसानको रकम भुक्तानीका लागि मिल मालिक तथा कांग्रेस नेता वीरेन्द्र कनौडियलाई पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको किसानहरुले बताए ।उखु किसानको अनुदान प्राप्तिका लागि किसानहरु यस पटक निर्णायक आन्दोलन गर्नेगरी काठमाडौं आएको र भुक्तानी ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने किसानहरुले बताए ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC