janayatra

जलबायु संकट सम्वन्धी बैज्ञानीकहरु सडक आन्दोलनमा ।

Author जनयात्रा शुक्रबार, ०५ जेठ २०८०

views
जलबायु संकट सम्वन्धी बैज्ञानीकहरु सडक आन्दोलनमा ।

नेपालजलवायु परिवर्तनले निम्त्याउने सङ्कटसँग जुध्न कुनै कदम नचालिएको भन्दै विभिन्न तरिकाबाट प्रदर्शन गर्ने वैज्ञानिकहरूको सङ्ख्या विश्वभरि नै बढ्दै छ। त्यस्ता प्रदर्शनमा सार्वजनिक भवनमा आफैँलाई सिक्रीले बाँधेर राख्नेदेखि सडकमा अवरोध पुर्‍याउने, सरकारी भवनका भित्तामा आफ्ना प्रतिवेदन टाँस्नेसम्मका कार्य वैज्ञानिकहरूले गरेका छन्। उनीहरूले जलवायु सङ्कटको सन्देश अब वैज्ञानिक प्रकाशनहरूमा मात्रै सीमित हुन नसक्ने बताएका छन्। तर केही वैज्ञानिकहरू भने जलवायु सङ्कटसँग जुध्न प्रदर्शनमार्फत् भन्दा थप वैज्ञानिक समाधान खोज्न काम गर्नुपर्ने बताउँछन्। वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सञ्जाल 'साइन्टिस्ट रिबेलियन'ले एक वर्षभन्दा लामो समयदेखि विभिन्न देशहरूमा प्रदर्शन आयोजना गर्दै र केही देशमा प्रत्यक्ष रूपमा कदमहरू चाल्दै आएको छ। उसका अनुसार विरोधप्रदर्शनमा भाग लिनेहरूको सङ्ख्या २,००० नाघिसकेको छ। आफ्नो मुनाफाका लागी प्राकृतिको दाेहन गर्न प्रतिस्पर्धा गरि राखेको पुँजीवादले यो प्रकृति बचाउने र समग्र पर्यावरणको रक्षा गर्न अनिच्छुक छ जसले गर्दा बैज्ञानिकहरुका अनुसार तत्काल बिग्रिदो पर्यावरणको समस्या हलगर्ने ठोस कदम नचाले निकट भबिष्यमै पृथ्विवाट प्राणीहरु लाेपहुने छन् ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC