janayatra

यात्री मोटरसाइकले पायो पहिलो नम्बर प्लेट ।

Author जनयात्रा मङ्गलबार, ०२ जेठ २०८०

views
यात्री मोटरसाइकले पायो पहिलो नम्बर प्लेट ।

नेपालकाठमाडौं नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्रीले नम्बर प्लेट पाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको छ । सोमबार (जेठ १ गते) यात्री डिजाइन स्टुडियो प्रा.लि.को नाममा पहिलो नम्बर प्लेट बागमती प्रदेश ०२(०४३ प ८६५० जारी भएको छ । बागमती प्रदेश यातायात कार्यालय गुर्जुधाराबाट यात्रीका लागि पहिलो नम्बर प्लेट जारी भएको छ ।  यसअघि नम्बर प्लेट नपाउदा यात्री मोटरसाइकलले आधिकारिकता पाएको थिएन भने सडकमा ट्राफिक प्रहरीबाट हैरानी खेप्नुपरिरहेको थियो  । सन् २०१७ मा कम्पनी स्थापना गरि २०२१ देखि मोटरसाइकल उत्पादन थालेको कम्पनीले पहिलोपटक आधिकारिकता पाएको छ । 


© 2026 janayatra.com All rights reserved. | Design by OWC