janayatra

छोरीको टिकटक भिडिओले मन्त्रीको राजीनामा ।

Author जनयात्रा शनिबार, ३० वैशाख २०८०

views
छोरीको टिकटक भिडिओले मन्त्रीको राजीनामा ।

नेपालपपुवा न्यूगिनीका विदेशमन्त्री जस्टीन चेचेन्को ब्रिटेनका राजा चार्ल्सको राज्याभिषेकमा आफ्नो देशको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै लन्डन गएका थिए । राज्याभिषेक समारोहमा भाग लिन जाँदा विलासी ढङ्गले खर्च गरेको विवाद सतहमा आएपछि उनले राजीनामा दिएका छन्। जस्टीन चेचेन्को आफ्नी छोरी साभन्नासहित उक्त समारोहमा सहभागी हुन ब्रिटेन गएका थिए। उनकी छोरीले विमानको फर्स्ट क्लासयात्रा र सिङ्गापुरमा गरिएको किनमेल सम्बन्धी भिडिओहरू सामाजिक सञ्जाल टिकटकमा राखेकी थिइन्। बुधवार उनले आफ्नी छोरीका आलोचकहरूलाई आदिम जनावरहरूको सङ्ज्ञा दिएका थिए। उनको प्रतिक्रियाले राजधानी पोर्ट मोज्बीमा रहेको संसद् भवन बाहिर प्रदर्शनहरू भएका थिए । एउटा विज्ञप्तिमा चेचेन्कोले देशका प्रधानमन्त्री जेम्स मारापेसँग छलफल गरेर आफू उक्त निर्णयमा पुगेको जानकारी दिएका छन्। राज्याभिषेकको भव्य शाही समारोहमा संसारभरिबाट अतिथिहरू निम्त्याइएको थियो स्थानीय अखबार पोस्ट-कुरिअरका अनुसार चेचेन्को र उनकी छोरी राजा चार्ल्सको राज्याभिषेकमा भाग लिन कम्तीमा १० जना अधिकारीसहित त्यहाँ पुगेका थिए। उक्त भ्रमणका लागि १० लाख डलरसम्म खर्च भएको सो अखबारको भनाई छ। त्यसलाई लिएर पपुवा न्यूगिनीमा आक्रोश व्यक्त गरेका थिए। उनीहरूले गरिब देशमा सर्वसाधारणबाट उठाइएको रकम सार्वजनिक सेवामा प्रयोग गरिनु उपयुक्त नहुने धारणा राखेका थिए। प्रधानमन्त्री मारापेले देशका नागरिकहरूलाई चेचेन्कोले माफी मागेको विषयलाई स्वीकार गरिदिन भनेका छन्।

© 2026 janayatra.com All rights reserved. | Design by OWC