janayatra

किसानहरुको बेहाल, व्यापारी मालामाल ।

Author जनयात्रा मङ्गलबार, २६ वैशाख २०८०

views
किसानहरुको बेहाल, व्यापारी मालामाल ।

नेपालतरकारी खेतीको केन्द्र मानिने मोरङको पूर्वी दक्षिण ग्रामीण भेगमा एक साताअघि गोलभेडाको मूल्य प्रतिकिलो ६ रुपैयाँ थियो । ११ किलोमिटर दूरीको विराटनगर बजारमा भने २० रुपैयाँ थियो । अहिले खेतबाटै किसानले किलोको १३ रुपैयाँमा बेच्दैछन् भने नजिकको बजारमा गुणस्तर अनुसार ३० देखि ४० रुपैयाँसम्म पुगेको छ भने काठमाडौँको बजारमा प्रति केजी ६० देखि ८० रुपैयाँ सम्म छ । किसानबाट खरिद गरिएको मूल्यभन्दा झन्डै ३ गुणा बढीमा बजारमा बेचिनुले गोलभेडाको कारोबारमा बिचौलिया र ब्यापारीको चलखेल प्रष्ट देखिन्छ । किसानलाई लागत उठाउन धौधौ पर्ने तर बिचौलिया र व्यापारी मोटाउने अवस्था छ । यो नियति कुनै ठाउँ बिशेषको मात्रै होइन देशै भरीका किसानहरुको अवस्था यही छ । खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रुपमा भित्रिने तरकारी र फाइदाका लागि उताकै किसानबाट किन्ने बिचौलियाका कारण आफ्नो उत्पादन राम्ररी बिक्री नभएको किसानहरुको छ । भारतमा किसानले पाउने सरकारी अनुदानका कारण उत्पादन लागत कम हुँदा सस्तो मूल्यमा पारिबाट टमाटर र तरकारी जन्य समान भित्र्याइन्छ यहाँका किसानले बैंकबाट ऋण लिएर खेती गर्दा उत्पादन लागत बढी पर्छ, किसानहरुको खेतबारीमा गोलभेडा राताम्मे देखिन्छ । झरेर कुहिएका र केही दिन नटिपेमा बिग्रने अवस्था छ  गोलभेडामा कोशी प्रदेश आत्मनिर्भर भए पनि स्थानीय उत्पादनको संरक्षणका लागि तीन तहकै सरकारले कुनै कदम नचालेकाले भारतीय उत्पादनले किसान मारमा रहेको कीसानहरु बताउँछन् । किसानहरुले भने बिचौलियाले तोकेको मूल्यमा किसान तरकारी बेच्न बाध्य हुनु परेको बताउछन्। मनग्य स्वदेशी उत्पादन हुने यो बेलामा भारतीय आयातमा रोक लगाउने हो भने स्थानीय किसानको उत्पादनले राम्रो बजार मूल्य पाउने र लगानी असुली हुने स्थानीय किसानको बुझाइ छ । स्थानीय किसानको अनुसार यहाँको उत्पादनको मुख्य सिजन अब करिब एक महिना मात्र बाँकी छ । त्यो अवधिमा राम्रो मूल्यमा उत्पादन बिक्री गर्न नसकिए लगानी नै डुब्ने खतरा छ । मोरङको कटहरी, जहदा र धनपालथान गाउँपालिकालाई तरकारी जोन मानिन्छ । यहाँ ६ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा गोलभेडा खेती हुन्छ । यो जोनको खेतबाट दैनिक २५३० गाडी गोलभेडा काठमाडौं लगायतका सहरमा पुर्‍याइन्छ । एक गाडीमा भरिएको १ सय १० क्यारेटमा झन्डै २ हजार ५ सय किलो गोलभेडा हुन्छ । धनपालथान५ का किसान तथा खरिदकर्ता ओम मगरका अनुसार अवैध रुपमा भित्रिने सस्तो मूल्यको भारतीय उत्पादन, बिचौलिया र किसानप्रति सरकारी उदासिनताकै कारण उचित मूल्य नपाएर स्थानीय किसानको मनोबल खस्किएको छ सरकार मुख दर्शक छ किसानहरु आफ्नो उत्पादनले बजार नपाउदाँ मारमा छन् जसले गर्दा एकातिर देशको ढुकुटि बिदेसिएर ब्यापारघाटा चुलीदैछ अर्को तिर किसानहरु बेरोजगार बनीराखेकाछन् ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC