janayatra

मणिपुरमा भड्किएको जातीय हिंसामा दर्जनौको मृत्यु ।

Author जनयात्रा सोमबार, २५ वैशाख २०८०

views
मणिपुरमा भड्किएको जातीय हिंसामा दर्जनौको मृत्यु ।

नेपालभारतीय राज्य मणिपुरमा भएको जातीय हिंसामा परेर कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। राज्यमा कम्तीमा ५० प्रतिशतको सङ्ख्यामा रहेका मैतेई समुदायका सदस्यहरूले कैयौँ वर्षदेखि अनुसूचित जनजाति (एसटी) कोटीमा समावेश गर्न माग गर्दै आएका थिए।भारतमा जागीर, क्याम्पस भर्ना र सरकारका सबै तहमा उक्त वर्गमा पर्ने समुदायका लागि निश्चित कोटा छुट्याइएको छ। विगतदेखि नै ती समुदायलाई समान अवसरबाट वञ्चित गरिएको भन्दै त्यस्तो व्यवस्था गरिएको बताइने गरेको छ।नयाँ पहिचानले मैतेईहरूलाई वनको केही भूभागमा पहुँच सुनिश्चित गर्छ। साथै समानुपातिक हिसाबले सरकारी जागिर र शैक्षिक संस्थामा स्थान सुरक्षित गर्नेछ। अन्य आदिवासीहरू भने जङ्गलमा रहेका आफ्ना घरहरूमा नियन्त्रण नहुने भन्दै चिन्तित पाइन्छन् गत साताको सुरुमा राज्यको मुख्य जातीय समुदायलाई अनुसूचित जनजाति (एसटी) वर्गमा समावेश गर्न लागेको कदमको विरोधमा आदिवासी समुदायहरूले निकालेको र्‍यालीपछि हिंसा भड्किएको थियो।दङ्गाकारीहरूले घर, गाडी, गिर्जाघर र मन्दिरहरूमा हमला गरेका छन्। केही विवरणहरूमा मृत्युको सङ्ख्या ५४ पुगेको बताइएको छ। त्यहाँ झण्डै १० हजार मानिसहरू विस्थापित भएको बताइएको छ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC