janayatra

फोनमा धेरै समय कुरा गर्नेहरुमा उच्च रक्तचापको जोखिम ।

Author जनयात्रा आइतबार, २४ वैशाख २०८०

views
फोनमा धेरै समय कुरा गर्नेहरुमा उच्च रक्तचापको जोखिम ।

नेपालप्रतिहप्ता ३० मिनेट वा सोभन्दा बढी समयसम्म मोबाइल फोनमा कुरा गर्दा उच्च रक्तचाप हुने सम्भावना १२ प्रतिशतले बढाउने एक अध्ययनले देखाएको छ मोबाइलबाट निस्कने रेडियो फ्रिक्वेन्सी ऊर्जाले रक्तचाप बढाउने भएकाले लामो समयसम्म मोबाइलमा बिताउँदा उच्च रक्तचापको पनि जोखिम बढाउने अध्ययनको निष्कर्ष छ हाल विश्वभर १० वर्ष र सोभन्दा माथिका विश्व जनसंख्याको झन्डै तीनचौथाईसँग मोबाइल फोन प्रयोग गर्छन् हृदयाघात स्ट्रोकको मुख्य कारण बन्दै गएको हाइपरटेन्सन फोनको कारणले समेत हुने अध्ययनले देखाएपछि चासोको विषय बनेको छ चीनको साउथ मेडिकल युनिभर्सिटीले गरेको अध्ययनले मोबाइल फोनमा लामो समयसम्म कुरा गर्दा उच्च रक्तचापको जोखिम बढ्दै जाने देखाएको हो युरोपियन हर्ट जर्नल (डिजिटल हेल्थ) मा प्रकाशित अध्ययनले मोबाइल प्रयोगकर्तामा वर्षौँसम्म गरेको अध्ययनबाट यस्तो निष्कर्ष निकालेको जनाएको छ 

फोनमा लामो समय बिताउने ३७ देखि ७३ वर्ष उमेरभित्रका दुई लाख १२ हजारभन्दा बढी मानिसमा गरिएको सर्वेक्षणले बढी फोन प्रयोग गर्दा उच्च रक्तचापको जोखिम धेरै हुने देखाएको हो सर्वेक्षणले मोबाइलमा अत्यधिक समय बिताउने व्यक्तिमा मोबाइल प्रयोग नगर्ने तुलनामा सात गुणा बढी उच्च रक्तचापको समस्या भएको देखाएको हो मोबाइलमा हप्तामा ३० मिनेट वा सोभन्दा बढी कुरा गर्नेहरूलाई फोनकलमा ३० मिनेटभन्दा कम समय बिताउनेहरूको तुलनामा उच्च रक्तचापको सम्भावना १२ प्रतिशत बढी पाइएको थियो  विश्वविद्यालयका अनुसन्धानकर्ता सियानहुई किनले भनेका छन्, ‘यो मुटुमा पार्न सक्ने असरको प्रथम बिन्दु हो अध्ययनका लागि ३० मिनेटसम्म सर्वेक्षण गरिए पनि योभन्दा बढी समयको अर्थ बढी जोखिम हुनु होफोनमा कुरा गर्ने अवधि फोनमै रेकर्ड गरेर गरिएको अध्ययनले फोनबाट निस्कने रेडियसनले स्वास्थ्यमा असर पारिरहेको अध्ययन गरेको थियो प्रयोगकर्तामा करिब १२ वर्षसम्म सर्वेक्षण गरीएको थियो 

© 2026 janayatra.com All rights reserved. | Design by OWC