janayatra

आज २५६७औं बुद्ध जयन्ती मनाइँदै ।

Author जनयात्रा शुक्रबार, २२ वैशाख २०८०

views
आज २५६७औं बुद्ध जयन्ती मनाइँदै ।

काठमाडौँशान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ बुद्ध जयन्ती बिशेषत नेपाल र बिश्वभरी भब्यताका साथ आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनु भएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिन्छ। अहिंसा नै शान्ति र मैत्रीको आधारशिला भगवान् गौतम बुद्धको उपदेश र ब्यवहार हो। बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि उनुसार बुद्ध जयन्ती मनाईन्छ। आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बनेर उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किनु भएको थियो । 

© 2026 janayatra.com All rights reserved. | Design by OWC